डोटी, १६ असोज । देशभर खसी बोकाको मूल्य चर्को भइरहँदा डोटीमा भने घटेको छ । अघिल्लो वर्ष प्रतिकेजी साँढे पाँच सयले विक्री भएको खसीबोका यो वर्ष पाँच सय भन्दा कम मूल्यमा विक्री भएको छ ।
अहिले काठमाडौं उपत्यकामा खसीको प्रतिकेजी मूल्य छ सयभन्दा माथि छ । तोकिएको मूल्यभन्दा बढी रकम लिएर व्यापारीले फाइदा लिइरहेका छन् ।
डोटीमा मूल्य घट्नुले धेरैलाई अचम्म पारेको छ । खसीबोकाको उत्पादन बढ्नु र खपत कम हुनुले मूल्य घटेको बुझिएको छ ।