काठमाडौं, १७ असोज । कृष्णबहादुर महरा २०४८ सालमा सांसद हुँदा युवावस्थाकै थिए । संसदीय अनुभव, शान र मान छाडेर उनी तत्कालिन नेकपा माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी भए ।
भूमिगतकालमा महराका धेरै नाम थिए । त्यसमध्ये एक थियो गोपाल । उनीसँग सम्पर्क गर्नेले गोपाल भन्थे । सुरक्षा खतरा नहोस् भनेर यसो गरेका थिए । डा. सुन्दरमणि दिक्षितका अनुसार महरा गोपालका नामले भूमिगत कालमा चिनिन्थे । उनी सम्पर्क सूत्र पनि थिए ।
सांसद भइसकेका र कर्मचारी र बौद्धिक जगतमा धेरैसँग सम्पर्क भइसकेकाले महरा माओवादीभित्रका भरोसायोग्य बनेका थिए । उनीसँग माओवादीप्रति सद्भाव राख्ने कतिपय बौद्धिक व्यक्तिहरुले सम्पर्क गर्थे । सम्पर्कसूत्र बनेका थिए महरा ।
लामो राजनीतिक आरोह अवरोह पार गरेका महराको राजनीतिक जीवनमा यति ठूलो आँधी आयो जुन उनले जनयुद्धकालमा पनि भोगेका थिएनन् । रोशनी शाहीले उनीमाथि जर्बजस्तीको आरोप लगाउँदो उनले बनाएको राजनीतिक उचाई एकै रातमा गल्र्याम गुर्लुम्म ढल्यो । यसलाई न उनले बचाउन सके न त उनका शुभचिन्तक र साथ दिनेहरुले सके । File Photo