Logo

मांसहारीभन्दा शाकाहारी स्वस्थ हुन्छन् : डा. दीक्षित (भिडियोसहित)



काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा तथा प्रसिद्ध चिकित्सक डा. सुन्दरमणि दीक्षितले संसार अहिले शाकाहारीतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले यस्तो बताएका हुन् । उनले भने,‘म त शाकाहारी हुँ । मैले माछामासु नखाएको तीस वर्ष भयो । माछामासु खाएको कारणले क्लाईमेट चेन्जमा धक्का परेको छ । स्वास्थ्यको कुरा गर्नुहुन्छ भनेपनि माछामासु भन्दा भेजिटेरियन हुनु धेरै फाईदा हुन्छ ।’

उनले नेपालको सन्दर्भमा माछामासु भन्दा शाकाहारी भन्ने कुरा धेरै फाईदाभएपनि यो नेपालीहरुमाँझ प्रिय नहुनुको मुख्य कारण ज्ञान नभएर भएको स्पष्ट पारे । उनले माछामासु खानु भनेको ज्ञान नभएर र परम्परा भएर हुनसक्ने तर्क गरे । आज पहिलो श्रेणीको प्रोटिन नै साग, सब्जीमा बढि मिल्ने गरेको उनले जनाए । माछा, मासुले क्यान्सर, कोलस्ट्रोल निम्त्याउने गरेकोपनि उनले स्पष्ट पारे । संसारभरि अब शाकाहारी खानको ट्रेण्ड सुरु भएको पनि उनले जनाए । यद्धपी उनले पचाउन सक्नेले माछामासु खाँदा केही फरक नपर्ने पनि तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्