काठमाडौं, २० असोज । गैरआवासीय नेपाली संघका अध्यक्षका उम्मेदवार कुमार पन्त सबैको साझा अध्यक्ष बन्ने दाबी गर्छन् । उनीसँग ऋषि धमलाले एनआरएन चुनावबारे गरेको विशेष कुराकानीः
तपाईंले अध्यक्षको उम्मेदवारी दिनुको कारण के ?
म २००४ देखि यसमा समर्पित छु । यो संस्था गैरआवासीय नेपाली दाजुभाइले विदेशी पुँजी नेपालमा ल्याउछु भनेर स्थापना भएको हो । १६ वर्ष पुगिसकेपछि एउटा रिजल्ट ल्याउने बेला भएको छ । यसलाई अब हामीले भन्ने गरेको गैरआवासीय नेपाली संघले नेपालको आर्थिक सबृद्धि अथवा नेपालमा रोजगारीका अवरहरु सिर्जना गर्नको निम्ति प्रभावकारी ढंगले ल्याउने पर्ने मोडमा पुगेको छु । गैरआवासीय नेपाली संघ स्थापना हुँदै गर्दा २५ लाख हाराहारी नेपालीहरु बाहिर थियौं । आज ८० लाखको हाराहारी छौं । यसमा पनि धेरै साथीहरु दुबई, कतार, मलेसियालगायतका मुलुकहरुमा हुनुहुन्छ । उहाँहरुको अधिकारको रक्षा र राहतको निम्ति गैरआवासीय नेपाली समाजमा अध्यक्षको उम्मेदवार भएको हुँ ।
तपाईं ८० लाख नेपालीको साझा उम्मेदवार बन्दै हुनुहुन्छ त्यसको लागि चुनौती पनि त होला नि ?
कुनै पनि चुनौती बिना अवसरै हुँदैन । जुन काममा चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । ८० लाख नेपाली बाहिर हुनुभनेको वानथर्ड पपुलेसन बाहिर हुनु हो । आयआर्जन राम्रो भएका नेपाली साथीहरु त्योभन्दा बाहिर पनि हुनुहुन्छ । उहाँहरुलाई यो देशको विकासको बाटोमा अगाडि लगाउन सकियो भने राम्रो हुन्छ । गैरआवासीय साथीहरुको पुँजी अनउत्पादित क्षेत्रमा लगानी भइरहेको छ । त्यसलाई उत्पाखदनमूलक क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्न सक्ने गरी नेपालमा लगानी गर्न सकियो भने त्यहाँ धेरै ठूलो सम्भावना हुन्छ ।
विदेशमा रहेका नेपालीहरु काम गर्न पोख्त हुन्छन् तर नेपालमा आएर उनीहरुले काम गर्दैनन् कुरा मात्रै गर्छन् भनिन्छ नि ?
काम गर्दैनन् भन्ने त आरोप मात्र हो । आज पनि तपाईंले हेर्नुभयो भने गैरआवासीय नेपालीले नेपालमा ठूला–ठूला रोजगारीको सिर्जना गर्नुभएको छ । नेपालमा सबैभन्दा ठूलो हस्पिटल उपेन्द्र महत्वले खोज्नुभएको छ । शराटन होटल बनिरहेको शेष घलेको लगानीमा । हाम्रा वर्तमान अध्यक्षको लगानीमा राजगारीका अवसरहरु गैरआवासीय नेपाली साथीहरुले सिर्जना गरिरहनुभएको छ । यसरी हेर्दै जाने हो भने हज्जारौं गैरआवासीय नेपालीले साथीहरुले नेपालमा लगानी गर्नुभएको छ । त्यो लगानीमार्पmत नेपालमा रोजगारीको माध्यम ठूलो बनाउने भनेर लागि परेका छौं । त्यसकारण माथि लाग्ने गरेको आरोप मात्रै हो ।
अर्बौ, खर्बौ रुपैयाँ तपाईंहरुले नेपालमा ल्याउन सक्नुभएन नि ?
यसमा एउटा कुरा के बुझ्नुपर्छ भने गैरआवासीय नेपाली समाज एउटा सामाजिक संस्था हो । यसले व्यवसायमूल अथवा नाफा कमाउने काम गर्दैन । यसको नेटवर्कलाई प्रयोग गरेर नेपालमा लगानी ल्याउनका लागि ब्रिजको काम गैरआवासीय नेपाली समाज गर्दछ । त्यहीं ब्रिजको प्रतिफल हो जति पनि नेपालमा गैरआवासीय नेपालीहरुले ठूला–ठूला हस्पिटल, होटल, बैंकहरुमा लगानी गरिरहेका छन् ।
उर्जामा खोइ तपाईंहरुको लगानी ?
उर्जामा त झन् धेरै गैर आवासीय नेपाली दाजुभाइले लगानी गरिरहनुभएको छ । हामीले संयुक्त रुपमा नेपालमा लगानी गर्न शुरु गरिसकेका छौं । वर्तमान अध्यक्षले हाइड्रो पावरको कुरा ल्याइराख्नुभएको छ ।
भवन भट्टले ल्याएको परियोजना कार्यान्वयन हुन्छ ?
कार्यान्वयन नहुने भए साइन गर्नेनै थिएनन् । लाइसेन्स लिएपछि गर्नैपर्छ त्यसलाई होल्ड गरेर राख्न पाइँदैन । भवन भट्टको मात्रै होइन । गैर आवासीय नेपालीले थुप्रो ठाउँमा सानीमा हाइड्रोको कुरा छ । त्यहाँ सबै गैर आवासीय नेपाली साथीहरुको लगानी छ । तमोरमा सबै गैर आवासीय नेपालीको लगानी छ । दोजी खोलामा पनि उनीहरुकै लगानी छ । त्यसरी गैर आवासीय नेपाली साथीहरु ऊर्जामा पनि धेरै लगानी गर्नुभएको छ ।
शिक्षा र स्वास्थ्यमा तपाईंहरुको रुचि छ तर सडकमा खोइत ?
जब नेपालमा संविधान बन्यो त्यसपछि गैर आवासीय साथीहरु मिलेर ठूलो फन्ड नेपालमा ल्याउने भनेर अहिले १० अर्बको लगानी गर्दै छौं । त्यसमा नेपाल सरकारले पनि ५ प्रतिशत लगानी गर्ने भएको छ । त्यसमा नेपालको ५ प्रतिशत रहन्छ बाँकी सबै हामीले लगानी गर्ने छौं । हामीले नेपालमा कमसेक १० अर्ब रुपैयाँ नेपालमा ल्याउने स्वीकृति गरिसकेका छौं । त्यो फन्डलाई हामी नेपालको पूर्वाधार निर्माण लगानी गर्ने छौं ।
८० लाख नेपाली चाहने हो भने धेरै प्रगति हुन्छ नि नेपालमा होइन ?
त्यसैको लागि यो गैर आवासीय नेपाली समाज स्थापना भएको हो ।
नेपालको विकास तपाईंहरुले चेन्ज गर्नुपर्ने थियो नि ?
गैर आवासीय नेपालीले मात्रै नेपाल बनाइदिन्छन् भन्ने होइन । त्यसमा सरकार पनि छ ।
गैर आवासीय नेपाली संघ नेपालको समृद्धिको निम्ति ब्रिजको काम गर्न भनेर स्थापना भएको बिसुद्ध सामाजिक संस्था हो । हाम्रा आफ्ना बीचमा पनि समस्याहरु छन् । यसमा ठूलो संख्यामा श्रमिक साथीहरु हुनुहुन्छ । ८० लाख नेपालीहरु बाहिर बस्दै गर्दा ठूलो संख्यामा व्यवसाय, मजदूरी गरेर बस्ने साथीहरु हुनुहुन्छ । त्यहाँ पनि हाम्रा साथीहरुको सेवा, हक, हितको संरक्षण निम्ति हामीले काम गर्नुपरिरहेको छ । फेरि त्यतातिर आएर लगानीको ठाउँमा पनि लागि रहेका छौं । यसलाई सुरुको फेज भन्दा पनि हुन्छ । हामीले यो संस्था स्थापना गर्दै गर्दा चरम द्वन्द्वको अवस्था थियो । द्वन्द्वमा पनि नेपालमा गैर आवासीय नेपाली संघले आफ्नो कर्मव्य निर्वाह गरेको छ । नेपालको भविष्य सुन्दर छ । नेपालमा लगानी गर्ने अवरहरु पक्कै पनि सिर्जना भएका छन् । गैर आवासीय नेपाली साथीहरुसँग अर्बौं होइन खर्बौं छ त्यो लगानी ल्याउने हामी प्रयास गर्दछौं ।
गैर आवासीय नेपाली संघको कति खर्ब आयो नेपालमा ?
अहिले हामी नेपाल आर्थिक पत्रकार महासंघ भन्ने संस्था छ । त्यसलाई गैर आवासीय नेपाली साथीहरुले विभिन्न जिल्लामा छरेर लगानी गर्नुभएको छ । काठमाडौंलगायत जिल्लामा लगानीहरु गर्नुभएको छ । गैर आवासीय नेपाली संघले के छ लगानी गर्ने माध्यम कहाँ कति गरेको भन्ने एकिन डाटा राख्ने जिम्मा आर्थिक पत्रकार महासंघलाई दिएका छौं । त्यहाँबाट टाडाहरु कलेक्सन भइरहेको छ । तर, म अहिले पनि भन्न सक्छु खर्बौंको लगानी छ ।
खर्बौैंको लगानी छ त्यो सदुपयोग भएको छ कि दुरुपयोग ?
लगानी भन्ने बित्तिकै च्यारिटी होइन । लगानी भनेको नाफा कमाउनका लागि गरिन्छ । व्यवसायिक तरिकाले नै हुन्छ । नेपालमा जुन क्षेत्रमा लगानी गर्न खोज्दा केही दुरुपयोग हुन्छन् । भएकै छैन भनेर ग्यारेन्टी गर्न सक्ने अवस्था छैन । समग्रमा भन्नुपर्दा गैर आवासीय नेपाली साथीहरु जति नेपालमा लगानी गर्नुभएको छ । नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भन्नेमा गैर आवासीय साथीहरु कन्मिन्स छन् ।
तपाईं सर्वसम्मत अध्यक्ष चयन हुन चाहनुहुन्छ कि प्रतिस्पर्धी छन् ?
एउटा कुनै पदीय दायित्व निर्वाह गर्छु भनेर हिम्मत गरेर मान्छेले सर्वसम्मत भए राम्रो नभए पनि प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ ।
तपाईंको विचारमा के छ ?
म अहिले पनि चाहन्छु । यो संस्थामा सबै नेपालीहरुलाई समेटेर सबै जातिजाति, भाषाभाषि, धर्म, संस्कार, संस्कृति, वर्ग, समुदायको पहिचान बोकेका साथीहरु अटाउन सक्ने एउटा पवित्र प्लेटफम् हो । यसमा सहमतिको कोसिसहरु हुन्छ र हुनुपर्छ । त्यो भएन भने पनि नेतृत्व छान्दै गर्दा निर्वाचनमार्पmत प्रजातान्त्रिक प्रक्रियालाई अपनाएर छान्ने कुरालाई पनि नराम्रो भन्नु हुँदैन । म दुवै कुराका निम्ति तयार छु ।
त्यसो भए तपाईं सर्वसम्मत अध्यक्ष बन्न चाहनुहुन्छ ?
सकेसम्म सबैलाई समेटेर सबैको साझा अध्यक्ष हुन चाहन्छु ।
प्रतिस्पर्धा नहोस् भन्न खोज्नु भएको हो ?
मैले अगाडि नै भनिँसकेको छु । सकेसम्म सर्वसम्म त होस् । यदि प्रतिस्पर्धा हुने भयो भने पनि तयार छु । दुई कुरालाई बराबर गरेर अगाडि बढेका छौं । हामीले भन्दा पनि अग्रजहरु हुनुहुन्छ । उहाँहरुले यसको बारेमा कुराकानीहरु गरिरहनुभएको छ । सहमतिका प्रयासहरु पनि भइराखका छन् ।
सहमति भएन भने निर्वाचन हुन्छ हो ?
सहमति भएन भने निर्वाचन हुन्छ ।
भवन भट्ट अध्यक्ष हुँदा तपाईंहरु एउटै प्यानलमा हुनुहुन्थ्यो अहिले किन विभाजित हुनुभयो ?
फर्मल रुपमा प्यानलै बनाएर चुनाव गर्न हाम्रो विधानले दिएको छैन । त्यो पाइँदैन । चुनावको बेलामा कुनै एउटा साथीले अर्को साथीप्रति सदासयता राख्छ । त्यसमा उहाँ आइदिए काम गर्न सजिलो हुन्थ्यो भन्ने चाहना हो त्यतिबेला । त्यसैले हामी एकैठाउँमा उभिएका थियौं ।
तर अहिले त तपाईं र कुल आचार्य दुई जना मैदान हुनुहुन्छ नि ?
अहिले म कुल आचार्य दुई जनाको नाम आएको छ । भोलि दुईजनामध्ये एक जना पनि हुन सक्छ । अथवा त्यसमा अर्को तेस्रो मान्छे पनि आउन सक्छ ।
तपाईं त ब्याक हुनहुन्न नि ?
हाम्रो विधानले दुई पटक भन्दा बढी उपाध्यक्ष हुन दिँदैन । त्यसैले मैले कित यो संस्थाको सक्रियता जीवनबाट पदीय जिम्मेवारी नहुने गरी ब्याक हुनुपर्छ । कि त अध्यक्षको लागि प्रतिस्पर्धा गरेर अगाडि आउनुपर्छ । त्यो दृढताकासाथ अगाडि आएकाले म ब्याक हुने सम्भावना छैन ।
तपाईले अध्यक्ष जित्ने आधार के ?
मैले देखेको कहिलेकाही संसदीय निर्वाचनहरु । कहिलेकाही जित्ने मान्छेले पनि हारेका छन्, जित्न सक्दैन भन्नेले १० औं हजार भोटको अन्तरमा जितिरहेको हुन्छ । त्यसकारण निर्वाचनमा गइरहेको मान्छेले म मात्रै जित्छु, मेरो जनाधार छ भन्ने हुँदैन । तर, म के भन्छु भने अघिल्लै चोटी गैर आवासीय नेपाली संघको अध्यक्षको निम्ति अगाडि बढ्छु भनेको थिएँ । धेरै साथीहरुबीचमा छलफल गरिसकेपछि विधानले स्वभाविक रुपमा दुई चोटीभन्दा बढी उपाध्यक्ष हुन दिँदैन । त्यतिबेला भवनजीको अवस्था त्यस्तै थियो । त्यसकारण सबैले मिलेरै जानुपर्ने सामाजिक संस्था हो यो । यसमा सबै साथीहरुलाई समेटेर जानुपर्छ । त्यति बेला तपाईंले एक पटक होल्ड गर्ने कि भने भनेपछि मैले हुन्छ भनेर छोडेको हुँ ।
त्यतिबेला भवनजीलाई तपाईं र कुलले छाडिदिनुभयो अहिले कुल र तपाईंबीच सहमति हुन सक्दैन ?
तपाईंलाई म के स्मरण गराउन चाहन्छु भने २०११ को कुरा हो । सारा निर्वाचनको प्रक्रिया सुरु भएर १५÷२० वटा भोटै खसिसकेको थियो । भोटै खसिसकेपछि पनि सहमति भएर सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । त्यसकारण अन्तिम समयसम्म सहमतिको कोसिस हुन्छ । सहमति भएन भने पनि विगतमा निार्वचन भएकै हुन् ।
अहिले गैर आवासीय नेपाली संघ राजनीतिक पार्टीको अखडा भएको छ नि ?
राजनीतिक पार्टीहरु यहाँ किन यसरी इच्छा देखाइराखेका छन् मैले बुझ्न सकेको छैन । उहाँहरु नेपाली जनतालाई समेटे हुन्थ्यो । उहाँहरुलाई गैर आवासीय साथीहरुले भोट दिने पनि होइन । उहाँहरुका भोटर्सहरु यहींका जनता हुन् । यहीं लागि परेहुन्थ्यो भन्ने मेरो चाहना हो । गैर आवासीय नेपाली संघ आफ्नो नेतृत्व चयन गर्न आपैm सक्षम छन् । कुनै राजनीतिक पार्टीको आवश्यकता छैन । म महासचिव हुँदा पनि सबै राजनीतिक पार्टीका लिडरहरुकोमा गएर यो हाम्रो साझा संस्था हो । त्यसमा तपाईंहरुले फुट नल्याइदिनु होला भनेर आग्रह गरेको थिएँ ।
कसैले मानेन् अहिले कांग्रेस र कम्युनिस्टको लडाइँ भइरहेको छ किन ?
यसमा हाम्रो पनि कमजोरी छ । हाम्रा साथीहरु बाहिर आउनुहुन्छ । अनि राजनीतिक पार्टीको जाने भन्ने चाहना राख्नुहुन्छ । त्यसले गर्दा बजर्जस्ती राजनीतिमा तानिने गर्दछन् । त्यसलाई रोक्नुपर्छ भन्ने पनि हाम्रो साथीहरुलाई अनुरोध छ । अहिले संरचनानै परिवर्तन गर्ने जसले राजनीतिक पार्टीहरु आउन नपाउन् भनेर अहिले केही एजेन्डाहरु मैले तय गरेको छु ।
तपाईंले अगाडि सारेका एजेन्डाहरु के के हुन् ?
पहिलो नेपाली राजनीतिक पार्टी बढी हावी भए । ब्यापारीहरुको मात्रै संस्था भयो भन्ने अर्को पनि आरोप छ । अर्को सामान्य जागिर गरेर बस्ने या सामान्य व्यवसाय गर्ने मान्छे पनि यो संस्थाको नेतृत्वमा पुग्न सक्ने आधार हुनुपर्छ भनेको छु । अहिलेको प्रविधिको जनमानामा लाइन लागेर भोट हालिरहनुपर्दैन । मैले घर–घरमा बसेर भोट हाल्ने सिस्टम बनाएको छु । पञ्जिकृत सदस्य बन्दा नेपालबाट ३ डलर र अरु देशबाट ५ डलर पठाउनु पथ्र्यो । त्यसबाट विभिन्न पार्टीका भातृ संस्थाहरुले खेलिदिने भएकाले अबदेखि पञ्जिकृत सदस्य बनेबापत कुनै फिहरु नदिने व्यवस्था पनि मैले ल्याएको छु । हामीलाई कतार एयरले तपार्इंहरुको यति ठूलो नेटवर्क रहेछ एउटा सफ्टवेयरको विकास गर्नुस् हामी तपाईंहरुलाई १० प्रतिशत डिस्काउन्ट दिन्छौं भनेको छ । हस्पिटल, ब्यांकहरुले पनि त्यही भनिरहेका छन् । अबदेखि बिना शुल्क घर–घरमा बसेर नेतृत्व छान्न पाउने व्यवस्था गरिने छ । यो मेरो अहिलेको मप्रमुख मुद्दा हो । अर्को नेपालमा १० अर्ब ल्याउनको निम्ति मेरै नेतृत्वमा सम्झौता भएको हो । यो त न्यूनतम् हो । अर्को महत्वपूर्ण कुरा के भने जहिले पनि लगानी गर्ने भनेपछि अर्बौैं लाखौंको मात्रै कुरा हुने तर यसमा ५ डलर, १० डलरमा पनि यो कम्पनीको शेयर किन्न पाउँछन् ।
धेरैले तपाईं कम्युनिस्ट भनेका छन् सही हो ?
कसले भनेको ?
कुल आचार्यको तर्क आएको छ ?
निर्वाचनमा प्रतिस्पर्धा गर्दै प्रतिस्पर्धी गर्ने खेमा भन्नु स्वभाविक हो ।
तपाईं अखिलको सदस्य हो ?
अखिलको सदस्य हुन्छ कि हुँदैन मलाई थाहा छैन ।
अनेरास्ववियुको सदस्यता लिनु भएको छैन ?
सदस्य त त्यतिबेला कलेज पढ्दा कसको भइयो म त्यतातिर जान चाहन्न । त्यति भन्दाभन्दै पनि हरेक मान्छेका आस्था हुन्छन् । त्यसलाई एउटा छेउमा राखेर एउटै छातामुनि अट्न सक्ने गैर आवासीय संघमा म आबद्ध छु । २००४ सालदेखि म कहिल्यै पार्टीको भाग बण्डमा परेर आएको होइन ।
तपाईं कम्युनिस्टको सहयोग छ रे नि अध्यक्ष बन्न ?
कम्युनिस्ट भनेको के हो मलाई थाहा छैन । म डेमोक्र्याट मान्छे । डेमोक्रेसी हुनलाई कुन पार्टीको सदस्य लिनुपर्छ मलाई थाहा छैन ।
अहिलेसम्म कम्युनिस्ट पार्टीको सदस्य लिनुभएको छैन हो ?
छैन । म कम्युनिस्ट हुँदा पनि होइन र सदस्य लिएको पनि छैन ।
तपाईंलाई त सरकारी उम्मेदावरीको रुपमा उठाउन खोजिएको छ नि ?
यो सब कसरी भइरहेको छ मलाई थहाँ छैन । सरकारलाई नेपालमै धेरै काम छ । गैर आवासीय नेपाली संघमा ८० लाख नेपाली छन् । एउटा कुमार पन्तलाई अध्यक्ष बनाउन नेपाल सरकार लागेको छ भन्नु असम्भव कुरा हो ।
तपाईं त प्रधानमन्त्री र प्रचण्डको समर्थन छ रे नि ?
मलाई नेपालका सबै पार्टीका नेताहरुको सहयोग छ । सबैलाई भेटेको छु । तर, उनीहरुसँग चुनावी कुरा गरेको छुइँन । शेरबहादुर देउवालाई केही महिना अगाडि भेट्दा यो संस्थालाई विसुद्ध राजनीतिरहित संस्था बनाउन चाहन्छौं भनेको छु । उहाँले पनि सबै गैर आवासीय नेपाली संस्थालाई विसुद्ध सामाजिक संस्था बनाउनुहोस् भनेर सल्लाह दिनुभएको छ । प्रचण्ड, केपी ओली, बाबुरामले पनि त्यही भन्नुभएको छ ।
तर आज तपाईंहरुको संस्था राजनीतिक पार्टीको भातृ संस्था भइसकेको छ नि ?
म अभैm आग्रह गर्दछु । यो सम्भव छैन । स्थानविशेष चुनावमा केही साथीहरुले केही प्यानल बनाएर लड्नुभएको । अघोषित त्यो घोषित होइन । त्यहाँ केही राजनीति घुसेको छ त्यसलाई स्वीकार गर्नुपर्छ । केन्द्रको चुनावमा अहिलेसम्म राजनीति गन्ध आएको छैन । पार्टीहरुले कोसिस गरेका छन् हुन दिइएको छैन ।
यस पटकको चिर्वाचनमा कांग्रेस र कम्युनिस्टको प्यान बनाएर चुनावी मैदानमा आएका छन् भनिन्छ नि ?
अरुको ग्यारेन्टी म गर्दिँन । म चाहिं कांग्रेस र कम्युनिस्टको प्यानलको मान्छे होइन । गैर आवासीय नेपाली साथीहरुको प्यानलको मान्छे हुँ ।
तपाईंहरुको संस्था राजनीति पार्टीको अखडा बन्दै गर्दा वाध्यता भयो नि ?
पार्टीको अखडा बन्ने सम्भवै छैन । राजनीति पार्टीको निर्देशनमा चल्नुपर्ने दिन आयो भने म गैर आवासीय नेपाली संघको सदस्य छोडिदिन्छु ।
चुनावपछि एकताबद्ध भएर जान सक्नुहुन्छ ?
अहिले पनि छौं, चुनाव पछि पनि हुन्छौं ।