![](https://reportersnepal.com/wp-content/uploads/2019/10/nepal-china-xi-jingping-visit-768x358.jpg)
काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि राजधानी दुलही झै सिंगारिएको छ । रातारात विरुवा रोपिएको छ भने सडक चिल्लो पारिएको छ ।
सीको स्वागतका लागि राखिएको ब्यानर च्यातिएको छ । विजुली बजाको पुल र तीनकुने पुलमा राखिएको ब्यानर च्यातेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपालको परिचय झल्काउने ब्यानर च्यात्नेमध्येका गोपाल सार्की र राजकुमार ठाकुर पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरुमाथि छानविन भइरहेको छ । सीको भ्रमणलाई मध्यनजर गरी राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । File Photo