Logo

महरालाई श्वास फेर्न गाह्रो भयो, नर्भिक अस्पताल भर्ना



काठमाडौं, २३ असोज । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा छन् । श्वास फेर्न गाह्रो भएपछि उनलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो । बिहीबार बिहानदेखि उनलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन उनलाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्