Logo

विश्वकप छनोटमा नेपाल तीन गोलले पछाडि



अष्ट्रेलियासँगको विश्वकप फुटबल छनोटमा नेपाल तीन गोलले पछि परेको छ । घरेलु मैदानमा पहिलो हाफमा अष्ट्रेलियाले तीन गोल गरेको छ ।

अष्ट्रेलियाका लागि छैठौं र १९ औं मिनेटमा जेमी म्याकल्यारेनले गोल गरेका थिए भने २३ औं मिनेटमा हेरी सुटरले गोल गरे ।

नेपाली टोलीमाथि हावी भएको अष्ट्रेलियालाई रोक्न नेपाली टोलीलाई हम्मे परेको छ । जतिसक्दो कम गोल खाने रणनीतिका साथ रक्षात्मक खेल खेलिरहेको नेपालले दोस्रो हाफमा थप गोल नखाने गरी खेल्न प्रयास गरेमा प्रदर्शनलाई नराम्रो मान्न सकिने छैन ।

विश्वकप फुटबलको एशियाली देशहरुको छनोटको दोस्रो संस्करणमा नेपालले पहिलो खेलमा कुवेतसँग ७-० को हार व्यहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गर्यो । Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्