Logo

गोरु काटेर खाएको आरोपमा भक्तपुरमा चार जना पक्राउ, अनुशन्धान सुरु



काठमाडौं, २४ असोज । भक्तपुरमा गोरु काटेर खाएको अभियोगमा चार जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई प्रमाणसहित हिजो राति प्रकाउ गरेको हो ।पक्राउ परेकाहरुका बारेमा प्रहरी अनुसन्धान भैरहेको छ ।

दोषीलाई कानुनअनुसार कारवाही गर्ने डिएसपी शान्तीराज कोइरालाले जानकारी दिए । उनीहरुलाई प्रहरीले हिजो राति मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङका बसन्त लिम्बु, पाँचथर फिदिमका जगतकुमार थापामगर, मिक्लाजुङका नरेश लिम्बु र पाँचथरकै सागर लिम्बु छन् ।



प्रतिक्रिया दिनुहोस्