पेरिस, २४ असोज – फ्रान्सेली कार निर्माता कम्पनी रेनल्टले आफ्ना प्रमुख कार्यकारी थिएरी बोल्लोरलाई पदबाट बर्खास्त गरेको शुक्रबार घोषणा गरेको छ ।
कम्पनीको पूर्व प्रमुख कार्लोस गोउनलाई वित्तीय अपचलनको आरोपमा जापानी अधिकारीहरुले पक्राउ गरेपछि नौ महिना अघिमात्र थिएरीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिएको थियो ।
कम्पनीले जारी गरेको संक्षिप्त वक्तव्यमा थिएरीलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन ।
नयाँ प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म प्रमुख वित्तीय अधिकृत क्लोटिल्ड डेल्बोसलाई प्रमुख कार्यकारीको रुपमा कार्य गर्न अस्थायी जिम्मेवारी दिइएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस