Logo

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाली भूमि टेक्दै



काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् । आज अपरान्ह उनी नेपालको दुई दिने भ्रमणमा आइपुग्नेछन् । उनी चेन्नईबाट सिधै काठमाडौं उत्रनेछन् ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुनलागेकाले यसलाई चासोका साथ हेरिएको छ । सरकारले चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।

चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्नेछन् । आइतबार दुवै देशबीच महत्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ ।

चिनियाँ राष्ट्रपतिको २० घन्टा नेपाल बसाईंले दुई देशको सम्बन्धमा नयाँ सन्देश प्रवाह गर्नेछ । चीनले नेपाल मामलामा चासो बढाएको सन्देश हो यो । File Photo



प्रतिक्रिया दिनुहोस्