Logo

एनआरएनए नवौं महाधिवेशन, महिला उपाध्यक्षमा वन्दना कोइरालाको उम्मेद्धवारी



काठमाडौं, २५ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन यही असोज २८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । संघको नेतृत्वको लागि रस्साकस्सी सुरु भैसकेको छ । विश्वभरि छरिएर रहेका गैरआवासीय नेपाली अभियन्ताहरु काठमाडौं आईसकेका छन् । नवौं महाधिवेशनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेद्धवारी घोषणा गरेका छन् ।

एनआरएनए आईसिसी २०१९–२०२१ को कार्यकालको लागि महिला उपाध्यक्षमा संयुक्त राज्य अमेरिकामा बस्ने उत्तर अमेरिका क्षेत्र आईसिसी प्रतिनिधि वन्दना कोइरालाले उम्मेद्धवारी घोषणा गरेकी छिन् । विश्वभरि छरिएर रहेका गैआरवासीय नेपालीहरुको हकहितको लागि आफूले उम्मेद्धवारी दिएको कोइरालाले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा प्रष्ट्याएकी छिन् ।

उनले आफ्नो मूल चुनावी नारामा समस्त महिला हकहित, अधिकार, समुन्नति र सशक्तिकरण रहेको बताएकी छिन् । ‘पहिचानसहितको समृद्धि, नेपालको गरौं उन्नति’ भन्ने पनि आफ्ुनो अर्को मूल नारा रहेको कोइरालाले बताईन् । एनआरएनएको सामूहिक आवाज, एकपटकको नेपाली सधैं नेपाली हुनुपर्ने पनि उनले आफ्नो मुख्य एजेण्डा रहेको बताईन् ।



प्रतिक्रिया दिनुहोस्