काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ सवार हुने सडकलाई सुरक्षाकर्मीले खाली गरिसकेको छ । त्रिभुवन विमानस्थल देखि तीनकुने हुँदै बानेश्वर, माइतीघर, त्रिपुरेश्वर देखि सोल्टीमोडसम्मको सडकमा आवागमनमा रोक लगाइएको हो ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको चक्रपथ भित्र अत्यावश्यक बाहेकको अवस्थामा सवारी नचलाउन आग्रह गरेको छ । मुख्य सडकबाहेबाट सवारी संचालन गर्न आग्रह समेत गरेको छ ।