Logo

चिनियाँ राष्ट्रपतिले गरे रेलमार्ग निर्माणको संकेत, सम्भाव्यता अध्ययन गर्ने घोषणा



काठमाडौं, २५ असोज । नेपाल भ्रमणका रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतको केरुङ हुँदै नेपाल जोडिने रेलमार्ग निर्माणको संकेत गरेका छन् । उनले रेगमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा समेत गरे ।

चिनियाँ राष्ट्रपति सीको सम्मानमा आज साँझ आयोजित रात्रीभोजमा सम्बोधन गर्ने क्रममा उनले रेगमार्गको सम्भावना अध्ययन गरिने बताएका हुन् । रसुवागढी छहरे काठमाडौं सुरुङ मार्ग निर्माणका अलावा अरनिको राजमार्गको स्तरोन्नति गरिने बताए । कनेक्टिभिटीमा जोड दिएका उनले भने, चीन र भारतबीच कनेक्टिीभिटी सञ्जाल निर्माण हुनेछ ।

नेपाल आउन पाउँदा अत्यन्त खुशी लागेको भन्दै सांस्कृतिक निकटताको पनि व्याख्या गरे । उनले चीन सँसारमा सबैभन्दा बढी बुद्ध धर्मालम्बी रहेको देश भएको भन्दै बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक बढ्ने बताए । उनले भने, ‘लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने अवस्था बन्नेछ ।’

नेपालसँग चीन सधै मिलेर अगाडि बढ्दै आएको भन्दै भविष्यमा सम्ब्न्ध अझ बलियो हुने आशा व्यक्त गरे । दुई देशको सम्बन्ध अझ प्रगाढ भएको भन्दै योजनाहरु कार्यान्वयन गरेर अगाडि बढिने बताए ।

सम्बोधनको अन्तमा सीले चेयर्स भनेपछि सबैले चियर्स भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्