Logo

एनआएनए महासचिवमा डा. पौडेलको उम्मेद्धवारी घोषणा, अघि सारे ९ एजेण्डा (तस्विरसहित)



काठमाडौं, २६ असोज । डा. केशव पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को यही असोज २८ गतेदेखि सुरु हुने नवौं महाधिवेशनमा महासचिव पदमा उम्मेद्वारी दिएका छन् । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँको होटल ह्यातमा हुन गैरहेको उक्त महाधिवेशनमा पौडेलले महासचिवमा आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् ।

आइतबार विहानै काठमाडौंको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर पौडेलले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् । पौडेलले आफू महासचिवको उम्मेद्धवार भैरहँदा संस्थालाई कसरी अझ बढि योगदान गर्न सक्छु भनेर आफू ध्यान पुर्याउनुपर्ने क्षेत्रहरु पनि पहिल्याईसकेको जनाए । उनले जारी गरेको सार्वजनिक प्रतिबद्धतामा भनिएको छ,‘हामी कुनै संसदीय वा अन्य सत्ता प्राप्तिको प्रतिष्पर्धात्मक चुनावमा छैनौं । यहाँ हामी सबै समान छौं, हामी सबैको साझा दायित्व भनेकैं एनआरएनए संस्थालाई कसरी बलियो बनाउने भन्ने नै रहेको छ ।’

 पौडेलले विदेशमा आर्जित धन, सि, अनुभवलाई नेपालको विकास र समृद्धिमा जोड्ने ठोस योजनासहित विज्ञ सम्मेलनको प्रतिवेदनको कार्यान्वयतर्फ महासचिवको रुपमा आफूले भूमिका खेल्दै एनसिसीहरुलाई बढिभन्दा बढि अधिकार दिएर जानुपर्दछ भन्ने पक्षमा आफू भएको पनि सुनाए । उनले महासचिवको रुपमा आफूले ९ वटा विषयलाई विशेष महत्व दिएर बढ्नेपनि जनाए ।

उनले अघि सारेका ९ ‘स’ मा सचिवालय व्यवस्थापन र सुदृढिकरण, संस्थागत विकास र सदस्यता अभिवृद्धि, समन्यवयात्मक सम्बन्धको निर्माण, संचार र अन्तरक्रिया, संभावनाको खोजी र अवसरको सिर्जना, सरल पहुँच र समान वितरण, सहज र गतिशिल नेतृत्व तथा दिगो नीति, सबै एनआरएन, सधैंको नेपाली र समान नागरिकता र समन्वय परिषदहरुलाई अधिकारको विकेन्द्रिकरण रहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्