Logo

बम विस्फोटमा संलग्नताको आरोपमा कांग्रेस सांसद आलम पक्राउ



काठमाडौं, २६ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई रौतहट प्रहरीले आज पक्राउ गरेको हो ।

उनलाई यतिवेला जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको हाम्रा सहकर्मी अभिमन्यू पटेलले जानकारी दिए । उनीमाथि २०६४ सालमा रौतहटको राजपुर खरदवामा बम विस्फोटमा संलग्न भएको अरोप छ ।



प्रतिक्रिया दिनुहोस्