पोखरा, २८ असोज । पोखराले पछिल्लो केही वर्षदेखि आन्तरिक पर्यटनबाट राम्रो लाभ पाउँदै आउँदा यहाँका पर्यटन व्यवसायी निकै खुसी थिए।
वर्षमा ५० प्रतिशत हाराहारीको ‘अकुपेन्सी’ आन्तरिक पाहुनाले ओगट्न थालेको भन्दै व्यवसायीले विदेशी सरह आन्तरिक पाहुनालाई उत्तिकै महत्व दिन थालेका थिए। आन्तरिक पाहुनाको पोखरा आगमन, बसाइँ अवधि र खर्च गर्ने क्षमता देख्दा यहाँका व्यवसायी निकै हौसिएका पनि थिए।
तर, यो दसैंमा यहाँका व्यवसायीले आन्तरिक पर्यटकको फरक स्वभाव र अनुभव बटुलेका छन्। त्यो हो– आन्तरिक पर्यटक पोखरा अडिनै छाडेका छन्। आन्तरिक पाहुनाको पोखरा बसाइँ अवधि घट्दै गएको छ।
पछिल्लो समय आन्तरिक पाहुनाको पोखरा बसाइँ अवधि कम भएको यो दसैंको लामो बिदामा घुम्न आएका पाहुनाबाट व्यवसायीले अनुभव बटुलेका छन्।
यसअघि तीन रातसम्म पोखरा बसाइँ अवधि हुने आन्तरिक पाहुनामध्ये अधिकांशले यो पटक एक रातमात्र पोखरामा होटलमा बिताएका छन्।
त्यसो भए, ती पाहुना कहाँ गए त रु पर्यटन व्यवसायी भन्छन्– सिधा र सुविधासम्पन्न यातायातले पाहुनालाई सिधै अन्यत्रका पर्यटकीय गन्तव्यसम्म पु(याएको छ।
गन्तव्य घुमेर फर्केका पाहुना पनि सिधै घर फर्किन थालेका छन्।आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले खवर लेखेका छन् ।