Logo

टी सर्ट र जिन्स पाइन्टमा महरा (फोटोफिचर)



काठमाडौं, २८ असोज । नर्भिक अस्पतालको कोठाबाट सुरक्षा घेराबाट निस्कदा निर्वतमान सभामुख कृष्णबहादुर महराले सेतो टी सर्ट र जिन्स पाइन्ट लगाएका थिए । चश्मा लगाएर उज्यालो रंगको पहिरनमा निस्किएका महरालाई सरकारी वकिलको कार्यालयमा लान कार ठिक्क पारिएको थियो ।

बा १२ च २६८५ को जीपबाट महरालाई शुरुमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय लगियो । उनलाई एक घन्टा बयानका लागि राखियो । बयान सकिएपछि उनलाई प्रहरीले हिरासतमा राख्न म्याद थपका लागि अदांलत लग्यो ।

महरालाई सुरक्षा दिन महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली नर्भिक अस्पताल पुगेको थियो । उनको सुरक्षामा प्रहरी ठूलो संख्यामा अदालत वरपर परिचालन गरिएका थिए ।

अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको चार दिनपछि स्वास्थ्यमा खराबी देखिएको भन्दै नर्भिक अस्पताल लगिएको थियो । महराको म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

दशैं बिदाका कारण म्याद थपका लागि अदालत नलगिएकोमा बिदा समाप्तीपछि अदालत लगिने लागिएको हो । महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । तस्बिरः बिनोद कटवाल



प्रतिक्रिया दिनुहोस्