Logo

५० भोटमा अध्यक्षको जित हार हुन्छ, एनआरएनको राजनीतिमा सफल हुने नेपाली राजनीतिमा सफल हुन्छ-शेष घले, पूर्व अध्यक्ष, एनआरएन



काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ एनआरएनका पूर्व अध्यक्ष शेष घले अहिले काठमाडौंमा छन् । एनआरएनको विश्व सम्मेलनमा सहभागी हुन आएका उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

तपाईंहरुको यो सम्मेलनले नेपाल र नेपालीलाई के सन्देश दियो ?
भर्खर त आज सुरु भएको छ । सन्देश त सकिएको छैन नि ।
एकताको मिल्छ, सहमति हो कि प्रतिस्पर्धाको मिल्छ त्यो सन्देश ?
तेस्रो दिन थाहा हुन्छ । आज त भरखर पहिलो दिन भयो ।
तपाईं अध्यक्ष नेतृत्व गर्न समक्ष हुनुहुन्छ ?
हामीहरु सबै सर्वसम्मत हुने प्रयास गर्दै छौं । साहित त्यस्तै हुन्छ जस्तो लाग्छ मलाई ।
दुई खेलाडी मैदानमा आइसकेका छन्, कुल आचार्य र कुमार पन्त, तपाईंले जसलाई भन्यो त्यसले चुनाव जित्नछ भन्छन् बाहिर त ?
त्यस्तो हुनै सक्दैन । म एकजना व्यक्ति त्यस्तो असर कसरी पार्न सक्छु । हामी यहाँ तीन हजार डेलिगेस्टहरु छौं । ती सबैको आफ्नै ओपिनियन हुन्छ । यस्तो हुनै सक्दैन ।
तपाईंले त सबैलाई चिन्नुभएको छ ?
हिजो मेरो सानो प्रोग्राम थियो, त्यहाँ मैले सबै मिल्ने एउटा प्रयास गरेको छु । एउटा प्रेसिडेन्ट मात्रै होइन, कम्तिमा जीएस, भाइसप्रेसिडेन्ट र प्रेसिडेन्टसम्म त्यो लेभलमा त्यस्तो हुन सक्छ होला ? ।
अहिले त नेपाली कांग्रेसको उम्मेदवार कुल आचार्य र नेकपाको उम्मेदवार कुमार पन्त भएका छन् नि ?
यो संस्थामा हामीहरु जस्तो व्यक्ति पनि त थुप्रै छन् नि होइन र ?
कांग्रेस र कम्युनिस्ट प्रष्ट देखिएका छन् नि ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) भनेको विभिन्न देशबाट आएका प्रतिनिधिहरु मिलेर बनाएको संस्था हो । म त आपैंm अष्ट्रेलियन भइसकेको छु । नेपाली ओरिजिनको अष्ट्रेलियन । त्यसैले मलाई लाग्छ, यसको डाइनामिक्स नि तपाईं पनि बुझ्नु हुन्न, मलाई पनि गाह्रो भइराखेको छ । हरेकवर्ष दुईवर्षमा नयाँ–नयाँ अनुहारहरु हुन्छन् । त्यसमा नयाँ–नयाँ सोचाइहरु हुन्छन् । त्यसकारण यो धेरै अप्ठ्यारो राजनीति हो । राजनीति त अर्गनाइजेसनमा हुन्छ । तर, यो धेरै अप्ठ्यारो खालको राजनीति हो । यसमा सफल भएको मान्छे नेपाली राजनीतिमा लाग्यो भने पुरै सफल हुन्छ ।
तपाईं त सफल भइसक्नुभयो नि ?
मेरो जमाना अर्कै थियो । हरेक दुई–दुई वर्षमा कस्तो अप्ठ्यारो हुँदैजान्छ ।
कांग्रेसले कुल आचार्यलाई मतदान गर्नुपर्छ भनेर ह्वीप जारी गरेकोछ भने प्रधाामन्त्रीले कुमार पन्तलाई भन्नुभएको तपाईं कता ?
म अहिले कतै पनि छुइँन । विचार गर्दैछु । मलाई थाहा छैन ।
कसले बाजी मार्ला, कुल कि कुमार ?
मलाई थाहा छैन । यो चुनाव एकदमै प्रतिस्पर्धा हुन्छ । बढीमा ५० भोटको फरक हुन्छ ।
तपाईंले कुल आचार्यको पक्षमा ह्वीप जारी गर्नुभएको छ रे सत्य हो ?
मैले ह्वीप जारी गरेर हुन्छ ? के हो ह्वीप भनेको ? । म त्यस्तो गर्ने मान्छे नै होइन । मलाई पोलिटिक्स खेल्न आउँदैआउँदैन । म एउटा सिधासाधा मान्छे हुँ । तपाईंले पनि चिन्नुहुन्छ मलाई, कस्तो मान्छे भनेर ।

File Photo



प्रतिक्रिया दिनुहोस्