Logo

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलोः पाटा



काठमाडौँ, ३० असोज। पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटाले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।

पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४।८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१।८ प्रतिशतको वृद्धिदर छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९।९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७।५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको१५।५ प्रतिशत वृद्धिदर छ ।

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै सन् २०१७ को तुलनामा ७।३ प्रतिशतले बढी पनि हो ।

प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ । ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ ।

नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । १० लाख पर्यटक भिœयाउने वर्षौंको लक्ष्य नेपालले सोही वर्ष पूरा गरेको थियो ।

सन् २०१७ मा नेपाल भित्रिने पर्यटक सङ्ख्या नौ लाख ४० हजार थियो । त्यस्तै सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागको तथ्याङ्क छ ।

सन् २०१६ र २०१७ को तुलनात्मक पर्यटक सङ्ख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो ।आजको गार्खापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्