Logo

एनआरएनएको मतदान जारी, मतदानस्थलमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । तर, मतदानस्थल एकदमै अव्यवस्थित् र तनावपूर्ण भएको छ । निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव भएको हो । आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गरेपछि मतदानस्थतलमा स्थिति असहज र तनावपूर्ण बनेको हो ।

संघको नयाँ नेतृत्वमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । यस पटक संघको नेतृत्वमा कुमार पन्त र कुल आचार्यको भीडन्त छ । पन्तलाई वामपन्थी र आचार्यलाई लोकतान्त्रिक उम्मेद्धवारको रुपमा चित्रण गरिएको छ । यसअघि विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि प्राविधिक समस्या आएपछि मतपत्रबाटै बिहीबार साढे ११ बजेदेखि मतदान सुरु भएको छ । अहिले तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको छ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्