Logo

प्रचण्डको उद्धघोष : चितवनलाई प्रतिगामीहरुको केन्द्र बन्न दिन



काठमाडौं, ३० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्ला प्रतिगामीहरुको गतिविधि सञ्चालन हुने अराजकताको केन्द्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपा चितवनले आज दसैँतिहार तथा छठको अवसरमा भरतपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले सो चिन्ता व्यक्त गरेका हुन् । उनले चितवनका नागरिकले भएभरको भोट दिएर नेपाल कम्युनिस्ट पाार्टीलाई सबै क्षेत्रबाट जिताए पनि पछिल्लो समयमा अराजकता र प्रतिगामीहरुको केन्द्र बन्दै गएको बताएका छन् । चितवनलाई प्रतिगामीहरुको केन्द्र बन्न नदिन पनि उनले सबैलाई सचेत हुन आव्हान गरे ।

अध्यक्ष प्रचण्डले कहिलेकाहीं नेपालको राजनीतिक आन्दोलनमा लामो इतिहास बनाएर राजनीतिको केन्द्र बनेको ठाउँ प्रतिगामीको केन्द्र बन्ने हो की भन्ने आशंका उब्जिएको विचार राखे । अन्त सबै जिल्ला छोडेर गणतन्त्र विरोधी प्रतिगामीहरु चितवननै आउने गरेको उनले बताए ।

उनले भने,‘नेकपाका कतिपय नेता तथा कार्यकर्ताहरु पनि प्रतिगामीको पछि लागेको सूचना पाएको छु ।’ कम्युनिस्ट आदर्शबाट हामीस्खलित हुँदै गएका छौं । यसमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनको विचार थियो ।



प्रतिक्रिया दिनुहोस्