Logo

मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन् : प्रचण्ड



कैलाली, १ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे हल्ला चलिरहेको बेला अध्यक्ष दाहालको यस्तो अभिव्यक्ति आएको हो । उनले मा तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार कैलालीको धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे । उनले भने,‘यति जना मन्त्री फेरिने, यी यी आउने भए रे भनेर गरिएका हल्लामा कुनै सत्यता छैन् ।’ त्यस्तै, उनले प्रधानमन्त्री ओलीले चाहे मन्त्रिमण्डल फेरबदल ठूलो विषय नभएको र हुनसक्नेपनि तर्क गरे । उनले भने,‘यो विषय प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्छ, यसबारेमा मलाई प्रश्न नगर्दा नै राम्रो हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्