पर्सा, १ कात्तिक । प्रहरीले अवैध सामान सहित एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्ने भारत बिहार रक्सौल बस्ने बर्ष १९ को राहुल कुमार रहेका छन् । बिभिन्न समयमा भंसार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ ल्याउँदै गर्दा ३० असोजमा नियन्त्रण गरेको हो ।
पर्सा कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बीरगंज महानगरपालिका वडा नमबर १६ ईदगाह चोकबाट नौ किलो मरिच, १७ अलौ स्थितबाट २० किलो मरिच सहित ना ४९ प ५५४४ नम्बरको मोटरसाइकल, १६ रजतजयन्तिचौक स्थितबाट ६५ किलो मरिच, ४ बिर्ता बजारबाट १५ पिस कुर्ता सुरवाल, २५ सिर्सियाबाट १८ किलो केराउ, १६ नगवाबाट १ बोरा सुर्ती, १४ गण्डकबाट इलेमेन्ट एयर / सी दुई बोरा, प्लास्टिक एक बोरा नियन्त्रण गरेको जनाएको छ ।
नियन्त्रण गरिएका समानहरु आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाएको प्रहरीले बताएको छ ।