Logo

‘हिजो आजका कुरा’ मा एकसाथ यी तीन नायिका



सन्तोष पन्त निर्देशित चर्चित हास्यटेलिसिरियल “हिजो आजका कुरा” मा चलचित्र निर्माण हुने भएको छ । करिब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको यो सिरिलयको चलचित्रमा अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा र रिमा विश्वकर्मा पनि खेल्ने भएका छन् । तिहारपछि छायांकन सुरु गर्ने भनिएको यो चलचित्रलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गर्नेछन् ।

‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै प्रमुख भूमिका रहने चलचित्रमा जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव–कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायत अन्य कलाकारको अभिनय रहनेछ । यो चलचित्र पनि सिरियल निर्माण भएकै पन्त फिल्म प्रोडक्ससनकोे ब्यानरमा बन्न लागेको हो ।

निर्देशक पन्तले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुमा चलचित्र निर्माण हुने जनाएका छन् । सन्तोष पन्त र साकार पन्तको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् भने रवि सायमीले चलचित्र खिच्नेछन् र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

अभिनेत्री ऋचाले आफ्नो बाल्यकालको र बुबाको सबैभन्दा मनपर्ने सिरियलमा बन्न लागेका चलचित्रमा आफुले अभिनय गर्न पाउँदा खुसी व्यक्त गरेकी छिन् । अर्की अभिनेत्री रिमाले फिल्मको कथावस्तु राम्रो लागेर काम गर्न लागेको र कलाकार द्वय सन्तोष पन्त र रमा थपलियासँग स्क्रिन साझेदारी गर्न पाउनु आफ्नो ठूलो उपलब्धि रहेको जनाइन् । अभिनेत्री केकी भने उपत्यका बाहिर भएकाले चलचित्रको घोषणा सभामा उपस्थित हुन सकिनन् । Photo Source: Filmykhabar



प्रतिक्रिया दिनुहोस्