Logo

महरा मौन बसिदिएपछि बयानको तीनपटकको प्रयास विफल



काठमाडौं, १ कात्तिक । रोशनी शाहीमाथि जर्बजस्ती अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले मौनता साँधेका छन् । उनले प्रहरीसँग बयान दिन मानेनन् ।

शुक्रबार उनको बयान लिने प्रयास सफल भएन । यसै हप्ताको शुरुतिर महरालाई बयानका लागि महानगरीय प्रहरी परिसर टेकु लाँदै गर्दा उनले स्वास्थ्यमा समस्या रहेको बताए । त्यसपछि उनलाई नर्भिक अस्पताल लगियो जहाँ उनलाई भर्ना गरियो । महराले एक हप्ताबीच पटक पटक बयान दिन अस्वीकार गरेका छन् ।

स्वास्थ्य अवस्थाका कारण बयान दिन असमर्थता जनाएका महराले उच्च रक्तचापको कारण अस्पतालमा हाल बसेको कोठाबाट सीसीयूमा सरेका छन् । नर्भिक अस्पतालको आइसीयूमा रहेका महरा अदालतमा लगिंदा सामान्य अवस्थामा थिए । दुई दिनमै उनको स्वास्थ्यमा समस्या आएको बताइएको छ ।
महराले बयान टार्न खोजेका छन् । उनी यसबारे बोल्न मानेका छैनन् । उनीमाथि रोशनी शाहीले अभियोग दर्ता गरेकी छिन् । तर, शाही पनि महराकै पक्षमा देखिन्छिन् । उनको भनाईहरु बदलिने गरेको छ ।

बयानकै आधारमा अदालतले फैसला गर्ने हो भने महरामाथि प्रमाण जुटाउन कठिन हुन्छ । पीडित भनिएकी रोशनी शाही नै महराको पक्षमा देखिएकी छिन् । उनी महरालाई निर्दोष भन्दै आएकी छिन् ।

बयानका आधारमा नभई दशी प्रमाणका आधारमा बढ्दा फोरेन्सिक जाँच देखि डिएनए टेष्टसम्म जानुपर्ने हुन्छ । सीसीटीभी फुटेज देखि फिंगरप्रिन्ट सम्मको विषय आउनसक्छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्