Logo

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै



काठमाडौं, २ कात्तिक । ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सरकारले शनिबार र आइतबार भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।

७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि अलबेन्डाजोल खुवाउन लागेको स्वास्थ मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्