Logo

महाविजय चैत्यको परराष्ट्रमन्त्रीबाट अवलोकन



राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्मारको राजकीय भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्चपदस्थ अधिकारीले आज याङ्गुनस्थित महाविजय चैत्यको अवलोकन गरेक छन् ।

मन्त्री ज्ञवालीसहितको टोलीले त्यहाँस्थित बुद्धको मूर्तिको समेत अवलोकन गरेको थियो । प्यागोडाशैलीको यो मन्दिर धम्माराखिता पहाडमा पर्छ । नेपाली प्रमण्डललाई त्यहाँस्थित स्थानीय सरकारका प्रमुखले स्वागत गरेका थिए ।

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्र शाह त्यहाँको भ्रमणमा जाँदा सो चैत्यमा बुद्धको मूर्ति उपहार दिएको थियो । यस मन्दिरका संस्थापक नि विन हुन् ।



प्रतिक्रिया दिनुहोस्