Logo

कर्णली राजमार्गमा राती गाडी चलाउन नपाइने



काठमाडौं, २ कात्तिक । कर्णाली राजमार्गमा राति १० बजेपछि गाडी चलाउन निषेध भएको छ । चाडपर्वको समयमा क्षमता भन्दा बढी यात्रु बोकेका गाडीबाट क्षति हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले रातको समयमा उक्त सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार साँगुरो सडकका अधिकांश ठाँउ खाल्डा खुल्डी तथा कतिपय ठाउमा दोहोरो सडक नभएका कारण रातको समयमा उक्त रुटमा गाडी चलाउन नसक्ने अवस्था रहेका कारण चाडपर्वसम्मलाई रातमा सवारी चलाउन रोक लगाएको जनाएको छ ।

जुम्लातिर जाने गाडीहलाई जिल्ला सदरमुकाम नजीकैको प्रहरी चौकी ताडीले रोक्ने र सुर्खेत जाने सवारी साधनलाई हुल्म प्रहरी चौकीले रोक्ने गरिएको छ। दुईवर्ष अगाडिसम्म कर्णाली राजमार्गमा राति ७ बजेपछि सवारी साधन संचालनमा रोक लगाइएको थियो।



प्रतिक्रिया दिनुहोस्