Logo

जनअपेक्षा पूरा गर्ने अभियानमा छौँ : सांसद नारायण सिलवाल(भिडियोसहित)



काठमाण्डौ । प्रदेश तीनका सांसद नारायण सिलवालले ऐन कानुन निर्माण र कर्मचारी व्यवस्थापन समयमा हुन नसक्दा प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । संघीयता लागु भएपछि बनेको पहिलो प्रदेश सरकार भएकाले अनुभव लिँदै काम गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको सांसद सिलवालको भनाई छ ।

नयाँ संरचनाअनुसार काम गर्दा विकास निर्माणले तिब्रता पाउन नसकेको उनले बताउनुभयो । प्रदेश तीनअन्तरगत काठमाण्डौ महानगरपालिका वडा नम्बर ५ स्थित हाँडिगाउँमा गोरखनाथ मन्दिर परिसर पुनर्निर्माणका लागि गरिएको छलफलमा सहभागि सिलवालले प्राइम टाइम्स टेलिभिनजसँग कुरा गर्दै आगामी दिनमा जनअपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रदेश ३ मा सम्पदा निर्माण, पार्क, खहरे खोला लगायतका विकास निर्माणका काम अघि बढाउने योजना रहेको सिलवालको भनाई छ ।

सिलवालको पहलमा काठमाडौं महानगरपालिका वडा नम्बर ५ मन मनेश्वरी मन्दिर जिणोद्वार, सतल निर्माण, परिसर संरक्षणको लागि बजेट व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेको छ । त्यसैगरी धोबिखोला पहेलो पुलसँगै पैदल यात्री मात्र हिँड्ने पुल निर्माणको लागि ४५ लाख रुपैयाँ सिलवालले व्यवस्थापन गर्नुभएको थियो । आगामी दिनमा लिक्षबिकालिन कैलासकुट दरवार क्षेत्रलाई ऐतिहसिक पर्यटन क्षेत्रको रुपमा बिकाश गर्ने गुरुयोजना प्रदेश तीनको सरकारले बनाएको सिलवालले जानकारी दिए ।

https://www.youtube.com/watch?v=4q-Riy7SisU



प्रतिक्रिया दिनुहोस्