काठमाडौं, २ कात्तिक । स्पेनिश जाईन्ट बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यो सिजनमा बार्सिलोना पहिलोपटक आज शीर्ष स्थानमा उक्लिएको हो । आज भएको खेलमा ईबरलाई ३-० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको लागि कप्तान लियोनल मेस्सी, एन्टोनी ग्रिजम्यान र लुईस स्वारेजले एक/एक गोल गरेका हुन् ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रीजम्यानले १३ औं मिनेटमा खाता खोले । लियोनल मेस्सीले ५८औं मिनेटमा दोस्रो गोल गरे । लुइस स्वारेजले ६६औं मिनेटमा गोलगर्दै बार्सिलोनाको जित सहज बनाए ।
जितसँगै बार्सिलोनाले नौ खेलबाट १९ अंक बनाएको छ । इबरले नौ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले आठ खेलबाट १८ अंक बनाएको छ । रियल म्याड्रिडले आज खेल्दै छ । एजेन्सी