Logo

मोदीसँग साहरुख र अमिरको सेल्फी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड स्टारहरुसँग सामूहिक भेट गरेका छन् । १५० औं गान्धी जयन्तीका अवसरमा नयाँ दिल्लीमा प्रधानमन्त्री निवासमा शनिबार साँझ आयोजित ‘चेन्ज विथइन’भिडियो सार्वजनिक कार्यक्रममा उनले बलिउड स्टारहरुसँग भेट गरेका हुन् ।

निकै हसिलो मुद्रामा देखिएका मोदीसँग बलिउड स्टार साहरुख खान र अमिर खानले सेल्फी पनि खिचाएका छन् । अमिर लामो दार्ही पालेको अवस्थामा देखिएका थिए ।

मोदीसँग बलिउडका नायिकाहरुले पनि सेल्फी खिचाए । एकता कपूर, ज्याकलिन फर्नानडिज, कंगना रनौटले पनि तस्बिर खिचाएका थिए ।
मोदीसँगको भेटमा बलिउड स्टारहरु जैकी सर्फ, अश्विनी अयर तिवारी, करन जोहार, आनन्द राय, कपिल शर्मा, इमतियाज अली, अनुराग बसु, बोनी कपुरलगायत सहभागी थिए ।

‘चेन्ज विथइन’ मा शाहरुख खान, सलमान खान, अमिर खान, रणवीर कपूर, आलिया भट्ट, कंगना रनौट, एकता कपूरलगायत कलाकार छन् ।
-एजेन्सी
Photo Source: Twitter Page of Modi



प्रतिक्रिया दिनुहोस्