पर्सा,३ कात्तिक । प्रहरीले अवैध रुपमा रहेको सामान बरामद गरेको छ । बीरगंज महानगरपालिकाको विभिन्न स्थानबाट कात्तिक २ मा प्रहरीले सामान बरामद गरेको हो ।
विभिन्न स्थानबाट भन्सार छली गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट खरिद गरी नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार गरेको अवस्थामा पर्साबाट खटिएका प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने थानको कपडा १७ थान, पेटिकोटको कपडा १६ थान ,सुट कपडा १५ पिस ,साडी तीन पिस ,सल चार पिस ,तास चार कार्टुन, पाईन्टको कपडा तीन थान, लडु चार पोका , शिवम केक सात पोका ,सोम पापड दुई पोका र दाल एक बोरा, पटका बम दुई पाकेट ,बिडि पटका पाँच पाकेट ,फुलझरी पाँच पिस, छिरछिरे १० पाकेट समेत नियन्त्रणमा लिएको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।