काठमाडौं, ३ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको संरक्षक परिषदको सदस्यसमेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक शेष घलेलाई चयन गरेको महासचिव डा. हेमराज शर्माले जानकारी दिए । उनकाअनुसार अन्य संरक्षकहरुमा पूर्वअध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा रहेका छन् ।
त्यस्तै, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई भने संघको उच्च बरियतामा राख्ने निर्णय बैठकले गरेको महासचिव शर्माले बताए । बैठकले ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहाकार समितिमा निवर्तमान उपाध्यक्ष कूल आचार्य (युके), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी.बी कार्की (कतार), सोम सापकोटा (माल्ट), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) रहेका छन् ।