Logo

पुटिन र मर्केलबीच फोनवार्ताः क्रिमियाबाट सेना फिर्ता गर्न पुटिनले अस्वीकार गरे



रुसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर एन्जेला मर्केल बीच फोन वार्ता भएको छ । मर्केलले पुटिनसँग लामो प्रयास गरेपछि आइतबार फोनवार्ता भएको हो ।
फोनवार्तामा मर्केलले तीन विषयमा कुराकानी गरेकी थिइन् । रुसी समाचार संस्था तासका अनुसार युक्रेनबाट सेना र हतियार फिर्ता गर्न भन्दा पुटिनले अस्वीकार गरेका छन् ।

फोन वार्तामा दुवै नेता बीच मिन्स्क शान्ति सम्झौतालाइ लिएर कुराकानी भएको छ । कुराकानीमा सिरिया र लिबीयाको वर्तमान अवस्था बारे छलफल भएको जनाएका छन् । उत्तरपूर्वी सिरियाको गतिबिधि र अस्थिरता अन्त गर्ने उपायबारे पनि कुराकानी भएको छ ।

दुवै देशनेता बीच भएको फोन बार्तामा पुटिनले सिरियाको राजनीतिक गतिबिधिलाई सन्तुलनमा ल्याउन हरेक जातीय र धार्मिक समूहको रूचिलाई हेरेर सन्तुलन गर्नु पर्ने बताएका थिए ।

लिबियामा बढ्दो दबाबलाइ सन्तुलनमा ल्याउन मद्दत समेत गर्नु जरुरी रहेकोमा समेत छलफल भएको छ । ती देशहरुमा द्वन्द्वको लागि शान्ति समाधानको खोजीमा कुनै पनि प्रयासलाई समर्थन गर्नु जरुरी रहेको बताए । –एजेन्सी Photo Source : TASS.com



प्रतिक्रिया दिनुहोस्