Logo

जवरजस्ती करणी गर्ने प्रहरी नियन्त्रणमा



बारा, ३ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रसौनी गाउँपालिका ३ स्थित इँटाभट्टामा काम गर्ने भारत युपी मुरहदाबाद घर भएका आरिफ मिया र सोही ठाउँ घर भएका सारिक मियालाई २ कात्तिको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्