काठमाडौं, ४ कार्तिक । तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडकको तीन किलोमिटर ट्रयाक तीन सातामा नै खोलेका छन् ।
सात महिनामा पहाडी क्षेत्रको २५ किलोमिटर सडकको ट्रयाक खोलेर चर्चा कमाएको यही समूहले यो सडकको ट्रयाक खोलेको हो ।
ओलाङ्चुङगोलाबाट लेलेपको लुङ्थुङतर्फ तीन किलोमिटरको ट्रयाक खुलेपछि यो सडक योजनाको ट्रयाक खुल्न बाँकी दुरी १७–१८ किलोमिटर सीमित भएको छ ।
यो सडक निर्माणको मुख्य जिम्मेवारी पाएको एसबिए–एलाइट जेभी (संयुक्त उपक्रम) का चारवटा उपकरणले लुङ्थुङबाट गोलातर्फ धमाधम ट्रयाक खोल्ने काम अघि बढाइरहेकाले बाँकी दुरी छिचोलिन लामो समय नलाग्ने ठेकेदार कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेको भनाई रहको खवर आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् ।