ललितपुर, ४ कात्तिक । महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको रणनीतिक महत्वको ललितघुम्ती भूमाफियाका लागि वरदान बनेको छ । बाटो बनेपछि भूमाफियाले धमाधम जङ्गल माँसेर प्लटिङ गर्ने देखि डाँडो फाँडेर माटो झिक्न थालेका छन् ।
स्थानीयलाई समेत धम्की दिई धमाधम प्लटिङ गर्दै बाटो समेत बिगारेका छन् । गत वर्ष प्लटिङका कारण बाटो ठाउँ ठाउँमा बिग्रिएको छ ।
यसबारे बुझ्दा ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले कानुन बमोजिम कारबाही अगाडि बढाइएको बताए । ललितपुरका एसएसपी टेकप्रसाद राईले कारबाहीको निर्देशन दिइसकेको जानकारी दिए ।
महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको सीमामा पर्ने हरियो वन जोखिममा पर्दै गएकोप्रति स्थानीयले चासो देखाएका छन् । महालक्ष्मी नगरपालिका ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले त्यस क्षेत्रको नीरिक्षण गरी अवैध कार्य रोक्न पहल गरिने बताए ।
तस्बिरः रिपोर्टर्स नेपाल