Logo

‘विप्लव’को गोप्य दस्तावेज फेला



दाङ, ५ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धार्मिक राजनीतिको भण्डाफोर गर्ने रणनीति अघि सारेको खुलेको छ।

दाङमा पक्राउ परेका नेताहरूबाट बरामद राजनीतिक दस्तावेज र परिपत्रमा सो रणनीतिक भेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

सो पार्टीको असोजमा सम्पन्न आठौं केन्द्रीय समिति बैठकले पारित गरेका निर्णय र दस्तावेज प्रहरीले बरामद गरेको थियो।

महासचिव विप्लवले प्रस्तुत गरी पारित भएको ‘आफैलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौैं, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं’ शीर्षकको राजनीतिक प्रतिवेदनमा यस्तो रणनीति उल्लेख छ।

गोप्य दस्तावेजमा अमेरिकाले अघि सारेको हिन्द प्रशान्त रणनीति र धार्मिक राजनीतिको भण्डाफोर गर्ने निर्णय भएको उल्लेख छ। यस्तै चन्दा संकलन अभियानलाई एक महिना अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

आर्थिक अभियानको अवधि एक महिना थप गरी मंसिर ससान्तसम्म सञ्चालन गर्ने, ‘जनअदालत’लाई जिल्लासम्म विस्तार गर्ने निर्णय भएको उक्त दस्तावेजबाट खुलेको छ।जनअदालतलाई उसले न्याय विभाग भन्ने गरेको छ।

न्याय सम्पादन गर्दा पार्टीको नीति र विधिसम्मत गर्न पनि विप्लवले लिखित निर्देशन दिएको बुझिएको छ।आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्