Logo

खरिदारसहित दुई कर्मचारी नियन्त्रणमा



कास्की, ५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्र हजार घुस सहित दुई जनालाई ३ कात्तिकमा रङ्गेहात नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी मनोहरि भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको जग्गा नामसारी गरिदिने समेत विभिन्न बहानामा मिलेमतो गरी घुस रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले खरिदार पौडेल र भट्टराईलाइ घुस लिईसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नम्बर २९ मालपोत कार्यालय परिसर नजिकबाट उक्त रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा अख्तियारले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्