Logo

खाकी पहिरिने अन्तिम आइजीपी सिंहको निधन



काठमाडौं, ८ कात्तिक । पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ । उनको बिहिबार साँझ निधन भएको हो ।

२०४३ देखि २०४६ सालसम्म आइजीपी बनेका सिंह नेपाल प्रहरीको इतिहासमा खाकी पोशाक पहिरिने अन्तिम आइजीपीका रुपमा चिनिन्छन् । उनकै पालामा खाकी पहिरन हटाएर आधुनिक पहिरन ल्याइएको थियो ।

पूर्व आइजीपी बस्नेत ५७ औं प्रहरी दिवसमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट समेत सम्मानित भएका थिए । उनी डीबी लामा कारबाहीमा परेपछि आइजीपी बनेका थिए । उनीपछि रत्न शमशेर राणा आइजीपी बनेका थिए ।

पूर्व आइजीपी खड्गजीत बरालले उनलाई सम्झदै भनेका छन्, धैर्यताका प्रतिमूर्ति उहाँ सधैँ राष्ट्र, समाज र प्रहरी विभावको हितका लागि अग्रसर भई काम गर्नुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्