Logo

आक्रामक योजना बनाउदै विप्लव समूह, भयो नेतृत्व हेरफेर



काठमाडौं, कार्तिक ८ । विप्लव समूहले जिल्लाका सबै कमिटीहरू हेरफेर गरेको छ। जिल्ला कमिटीको सेक्रेटरीमा लेखराज गजमेर ‘अग्रिम’को स्थानमा सुन्तली थोकरलाई जिम्मेवारी दिइएको छ।

जिल्ला कमिटीलाई छरितो बनाउँदै केही नेताहरूलाई हटाइएर पुराना केही नेताहरूलाई पूर्ववत् जिम्मेवारी दिइएको छ।

रमेश नेपालीसहितका नेताहरूले पुरानै जिम्मेवारी पाएका छन्। कान्छा लामा, सागर मैनालीलगायतलाई जिल्लाको जिम्मेवारीबाट हटाइएको छ।सो समूहले सबै भ्रातृ संगठनहरूमा नेतृत्व परिवर्तन गरेको छ। दलित संघमा पुनः रमेश नेपाली चयन भएका छन्।

उनले पुरानै जिम्मवारी नमोबुद्ध र धुलिखेल नगरपालिकाको इन्चार्जको समेत जिम्मेवारी प्राप्त गरेका छन्। प्रहरीले पक्राउ गरेका आसमान तामाङ जिल्ला सदस्य हुन् भने अनन्त थापामगर काभ्रेको जिम्मेवारीमा छैनन्। आजको नेपाल समाचारपत्रले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्