काठमाडौं, ८ कात्तिक । इटा भट्टामा जिउदै मान्छे जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमलाई थप आठ दिन हिरासतमा राखेर अनुशन्धान गर्न जिल्ला अदालत, रौतहटले अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत, रौतहटले अनुसन्धानका लागि थप आठ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले कार्यालय खुल्ने वितिक्कै अदालतमा पेश गरेको थियो। उनलाई दोस्रो पटक अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको हो।
अनुसन्धान नसकिएकाले थप आठ दिन हिरासतमा राख्न अदालतबाट अनुमित लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी भूपेन्द्र खत्रीले बताए। आलमलाई असोज २६ गते पक्राउ गरिएको थियो। उनलाई १२ वर्ष अघिको घटनामा पक्राउ गरिएको हो।