Logo

रवीन्द्रको विरासत सम्हाल्न कास्कीबाट विद्याको राजनीतिमा उदय



काठमाडौं, ८ कात्तिक । विद्यार्थी राजनीतिमा लागेकी विद्या भट्टराई रवीन्द्र अधिकारीसँग विवाहपछि घरपरिवारको लागि समय दिन राजनीतिमा निष्कृय थिइन् । उनी फेरि राजनीतिमा आउने सोचेकी पनि थिइनन् । तर, समयले नसोचेको अवस्था ल्याइदियो ।

ताप्लेजुङमा १५ फागुनमा रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा खाली रहेको प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टीभित्रबाट धेरै आकांक्षी देखिए । पार्टीका प्रभावशाली नेता वामदेव गौतम चुनाव लड्ने चर्चा पनि चल्यो । पूर्व सांसद सोमनाथ प्यासी देखि तुलबहादुर गुरुङ, नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ पनि टिकटको दौडमा थिए ।

सबै आकांक्षीलाई पन्छाउँदै नेकपा कास्की जिल्ला कमिटिले उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिश गर्यो । व्यापक छलफलपछि विद्याको नाम सिफारिश गर्यो । अब उनको नाम नेकपा सचिवालयमा पुग्नेछ । जुन औपचारिकता मात्र हुनेछ । अब उनी नेकपाबाट चुनाव लड्ने निश्चित भए्को छ ।

विद्या पदमकन्या क्याम्पसमा अध्ययन गर्दा देखि राजनीतिमा सक्रिय थिइन् । अनेरास्ववियूकी सचिव समेत भइसकेकी विद्याको विद्यार्थी जीवनमै रवीन्द्रसँग विवाह भएको थियो । त्यसपछि उनी प्राध्यापनमा लागिन् । अब उनी राजनीतिमा फेरि फर्किएकी छिन् । उनको प्रतिष्पर्धा नेपाली काँग्रेससँग हुनेछ । काँग्रेसबाट नाम सिफारिश भएको छ र केन्द्रीय कमिटिले तिहारपछि टुंगो लगाउनेछ ।
File Photo



प्रतिक्रिया दिनुहोस्