काठमाडौं, कात्तिक ९ । सरकारले जनताका समस्या, गुनासा र कामहरू समयमा नै सम्वोधन गर्ने उद्देश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको छ । यसका लागि सरकारले गुनासो सम्वोधन गर्ने सम्वन्धमा मेलेसियन मोडलसहित लागू गर्ने गरी छलफल अघि बढाउको छ ।
जनगुनासो बुझेर तत्काल समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सरकार हाजिर छ नामक नयाँ कार्यक्रम ल्याउन लागेको हो । मोवाइल टिममार्फत गुनासो सम्वोधन गर्ने गरी कार्यक्रम ल्याउन लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
आजको राजधानी राष्ट्रिय दैनिकमा केशवप्रसाद पाण्डेले समाचार लेखेका छन् ।