Logo

अमेरिकाले सिरियाको तेल तस्करी गरेको रुसको आरोप



रुसले अमेरिकामाथि सिरियाको तेल तस्करी गरेको आरोप लगाएको छ । अमेरिकी निजी सैन्य कम्पनि र विशेष अपरेशन दस्ताको संलग्नतामा योजनावद्ध तरिकाले तेल तस्करी गरेको रुसको आरोप छ ।

रुसी रक्षामन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले पूर्वी सिरियाको तेल प्रशोधन केन्द्रबाट अमेरिकाले तेल तसकरीका लागि सैनिक र निजी सैन्य कम्पनिहरुलाई संलग्नगराएको आरोप लगाए । इगोरको भनाई उदृत गर्दै रुसी समाचार संस्था तालसले भनेको छ , ‘युएस मिलिटरीका मान्छे र निजी सैन्य कम्पनिहरुको सुरक्षामा रहेर ट्यांक ट्रकहरुबाट अन्य देशहरुमा तेल तस्करी गर्छन् ।’ कुनैपनि किसिमको आक्रमण भएमा अमेरिकाको विशेष अपरेशन फोर्स र हवाई सैनिकले तत्काल सुरक्षा दिने उनको भनाईै छ ।

सिरियामा तस्करी गरिएको तेलको रकम अमेरिकी निजी मिलिटरी कम्पनिहरु र गुप्तचर सेवाको निश्चित बैंक खातामा पुग्ने गरेको इगेरोको आरोप छ । रुसी रक्षा मन्त्रालयका अनुसार सिरियाबाट तस्करी हुने तेलको मूल्य प्रति ब्यारल ३८ डलर रहेको छ र मासिक तीन करोड डलर मूल्यको निजी व्यवसाय चलिरहेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोरले अमेरिकामाथि सिरियाको तेल कुवामाथि नियन्त्रण राख्न इस्लामिक स्टेटको अखडाको परिकल्पना गरेको आरोप समेत लगाएका छन् । सिरियामा रुसको प्रभाव रहेको र अमेरिकाले उसको प्रभाव अन्त गर्न रणनीति चालिरहेको विषय आइरहँदा रुसी रक्षा मन्त्रालयको पछिल्लो भनाई आएको हो ।
-एजेन्सी
Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्