काठमाडौं, कार्तिक १० । पाइपबाटै ग्याँस बाँड्ने सपना बाँडेका भन्दै प्रको पछिल्लो समय समाजिक सञ्जालमा निकै आलोचना भयो ।
लामो समय आलोचना खेपेको ओलीले आलोचकहरूलाई विकास विरोधीसमेत रहेको समेत भने तर उनले आफुले चुनावको समयमा घर–घरमा ग्याँसको पाइपबाट सेवा दिने भन्ने आश्वासन भने अझै उक्तिकै ओझेलमा रहदै आएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादीले मिलेर चुनाव लडेसँगै केपी ओली पुनः दोस्रोपटक दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्री छन् । प्रधानमन्त्रीको आफ्नै महत्वाकांक्षी योजना भने हालसम्म कार्यान्वयन गर्नमा उनले चासो देखाउन छोडेका छन । अहिले ओलीको कुनै पनि भाषणमा उक्त बोली दोहोरिएको पाइदैन् ।
काठमाडौं महानगरपालिकाले काठमाडौंमै बायोग्याँस उत्पादन गरी घरघरमा पाइपबाट ग्याँस वितरण गर्ने योजना बनायो । तर, केही समय नबित्दै त्यो परियोजना पूर्ण रूपमा रोकियो ।
विराटनगर महानगरपालिकाले प्रधानमन्त्री ओलीलाई नै बोलाएर पाइपबाट ग्याँस वितरण गर्न भव्य उद्घाटन ग¥यो । त्यो पनि केही महिना नबित्दै असफल परियोजनामा परिणत भयो । यसरी बनाइएको नमुना परियोजनाहरू एकपछि अर्को रोकिएसँगै यसलाई आलोचकहरूले थप आलोचना गर्न थालेका छन् ।
‘सिलिन्डर ग्याँसको युग अन्त्य गर्दै घरघरमा पाइपबाट ग्याँस वितरण गरिनेछ,’ तत्कालीन समयमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सिलिन्डर बोकेर ग्याँस भर्न भौंतारिन पर्नेछैन ।’ यही भनाइलाई ‘झुटो सपना’ बाँडेर जनतालाई झुक्याएको आरोप लाग्दै आएको छ ।
तत्कालीन समयमा नै सरकारले सुरु गरेको अभियानअन्तर्गत ललितपुरको इमाडोलमा प्राकृतिक ग्याँस उत्खनन गरी सफल परीक्षण गरिएको थियो । मुलुकमा इन्धन संकट परिरहेको समयमा सकारात्मक तरंग प्रवाह गर्न ओली सक्षम भए तर परियोजना कार्यान्वयनमा उनको उदासीनताले जनतालाई फकाउने चालबाजी भनेर आलोचना हुन थालेको छ ।
ललितपुर इमाडोलमा गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्याँस पु¥याउन सकिने निष्कर्ष निकालेको थियो । उपत्यकाभित्रका १४ स्थानमा उत्खननको अध्ययन गरेको खानी तथा भूगर्भ विभागले पहिलो चरणमा इमाडोलमा सफल परीक्षण गरेको हो ।
मुलुकमा इन्धनको अभाव भईरहेको समयमा सकारात्मक कुराको थालनी गरेको भन्दै केहि आशा पलाएको जनाताको मनमा भने पुनः त्यसपछिका दिनमा भने उक्त कुरा प्राथमिक्तामा नआउनुले जनतामा निराशा देखिएको छ ।
प्रधानमन्त्रीले चुनावको समय र भारतीय नाका बन्दीको समयमा जनताको मन जित्ने कुरा मात्रै गरेधानमन्त्रीको र काम गरेर देखाउन नसकेको भन्दै आयोजनाको सम्पूर्ण काम बन्द भईसकेको आरोप लगाउने गरेको छन । आजको राजधानी दैनिकमा खवर छ ।