काठमाडौं, १० कात्तिक । प्रभु बैंक लिमिटेडले आगामी कार्तिक २१ गतेबाट एक अर्ब रुपैयाँबराबरको ऋणणपत्र निष्काशन गर्न लागेको छ । बैंकले १० दशमलब २५ प्रतिशत व्याजदरमा १० वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
एक अर्ब रुपैयाँ रुपैयाँको ऋणपत्रमध्ये ४० प्रतिशत सर्वसाधारणका लागि निष्काशन गरिने छ भने सामुहिक लगानी कोषका लागि छुट्ट्याइएको ५ प्रतिशत अथवा २० लाख कित्ता पनि सर्वसाधारणलाई नै बिक्री गरिनेभएको छ ।
बैंकले छिटोमा कार्तिक २५ गते र सुरुको चरणमा बिक्री भइनसके मंसिर २० गतेसम्म खुल्ला गरिने पनि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले विज्ञप्तिमार्पmत जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम २५ र अधिकतम चार लाख कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् । उनीहरुले अर्धवार्षिक रुपमा २०८६ सम्म तोकिएको दरबार ब्याज रकम पाउने छन् ।