Logo

आज कुकुर तिहार, उपत्यकामा यस्तो छ रौनक (फोटोफिचर)



काठमाडौं, कार्तिक १० । आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार ।आजको दिनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाउने चलन रहदै आएको छ ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने हिन्दु मान्यता रहदै आएको छ । भैरवको बहानको रुपमा चिनिने कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावरको रुपमा पनि चिनिन्छ ।

कुकुरले सुँघेर अपराधीहरू पत्ता लगाउने र विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा अनौठो आवाजमा कराई पूर्वसूचना समेत दिने गरेको मान्यता रहदै आएको पाइन्छ ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन रहदै आएको छ ।

यम पञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्