Logo

अक्षयको भागमा “धूम ४” !



बलिउड अभिनेता अक्षय कुमारले यशराज फिल्म्सको चर्चित सिरिज “धूम ४” खेल्ने कुरा केही दिनयता निकै चर्चामा छ । चर्चित पत्रिका मिड–डेले फिल्ममा अक्षयले भिलेनको भूमिका निर्वाहा गर्ने भनेर लेखिएको समाचारको खण्डन गर्दै यशराज फिल्म्सले सत्य नभएको जनाएको छ । कम्पनीले फिल्ममा अक्षय हुने कुरा गलत रहेको जनाएको हो । यस्तै, यशराज फिल्म्सले ‘धूम ४’ मा ‘मिस वर्ल्ड २०१७’ की विजेता मानुषी छिल्लरले लिड रोलमा अभिनय गर्ने कुरालाई पनि निराधार र गलत जनाएको छ ।

निर्माण टिमको लागि लागि ‘धूम’ एक अत्यन्त महत्वपूर्ण प्रोजेक्ट हो । अहिले ‘धूम ४’ का लागि कुनै विचार र स्क्रिप्ट नभएको कम्पनीले जनाएको छ । बक्सअफिसमा ‘धूम’ को अघिल्ला तीन सिरिजले जबरजस्त व्यापार गरेको थियो । मिड–डे पत्रिकाले अघिल्ला तीन सिरिजमा प्रमुख भूमिका निभाएका अभिषेक बच्चन र उदय चोपडा चौथो सिरिजमा नदेखिने दाबी पनि गरेको छ ।

अहिले “धूम ४” आफ्नो फिल्ममा भिलेन भूमिकामा कसलाई राख्ने भन्ने कुरामा चर्चित छ । “धूम” को पहिलो फिल्ममा भिलेनको रुपमा जोन अब्राहम, दोस्रोमा रितिक रोशन देखा परेका थिए । तेस्रो सिरिजमा आमिर खानले दोहोरो भूमिका निर्वाह गरेका थिए । यो फिल्मको चौथो सिरिज दर्शकमाझ लामो समयदेखि प्रतिक्षामा छ । फिल्म निर्माणको अझै टुङ्गे लागेको छैन ।



प्रतिक्रिया दिनुहोस्