Logo

प्रधानमन्त्री ओली स्वदेश फर्किएलगत्तै देउवाले गरे सरकारको आलोचना



काठमाडौं, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपा गरिएको कार्यक्रममा देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसबिरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिए ।

अजरबैजानमा नाम सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आजमात्रै स्वदेश फर्किएका छन् । ओली स्वदेश फर्किएलगत्तै यता देउवाले भने सरकारको कडा आलोचना गरेका छन् । कम्युनिष्टको सरकारबाट सबै आजित भएको भन्दै अब हुने उप–निर्वाचनमा कांग्रेसले जित्ने दावी पनि देउवाको थियो । नेपाली कांग्रेसभित्र गुटउपगुट सकिएको सुनाउँदै उनले सबै तरुणलाई उपनिर्वाचनको प्रचारप्रसारमा होमिन निर्देशन दिए । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्